चितवन, २३ जेठ । जिल्ला प्रशासन कार्यालयले चितवनसहित तराईका जिल्लाहरुमा लु (तातो हावा) लाग्ने सम्भावना भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रशासनले आज एक सूचना गरी तापक्रम निरन्तर वृद्धि भइरहेकोले तातो हावा लु लाग्ने सम्भावना रहेको भन्दै सतर्कताको लागि अनुरोध गरेको हो ।
प्रशासनले जल तथा मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको अनुसार तापक्रम वृद्धि भएसँगै लु लाग्ने सम्भावना रहेको भन्दै अत्यधिक गर्मीबाट बच्न सतर्कता अपनाउन भनेको छ ।