Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तापक्रम अझै बढ्ने, तत्काल पानी पर्ने सम्भावना न्यून : मौसम विभाग

तापक्रम अझै बढ्ने, तत्काल पानी पर्ने सम्भावना न्यून : मौसम विभाग

images

इच्छाकामना न्युज

१९, जेठ २०८०
तापक्रम अझै बढ्ने, तत्काल पानी पर्ने सम्भावना न्यून : मौसम विभाग
images

चितवन । आज देशभरको मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव आंशिक रहेकाले र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामन्य बदली भई अन्य स्थानको मौसम सफा रहने जानकारी दिएको छ।

पहाडी भूभागका एकदुई स्थान बाहेकका भूभागमा वर्षाको सम्भावना नरहेकाले देशभरको तापक्रम बढ्ने मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार भैरहवा, सिमरा,चितवन लगायतका स्थानहरूको तापक्रम अझै बढ्ने सम्भावना छ। दुईतीन दिनदेखि ती स्थानको तापक्रम ४० देखि ४१ डिग्रीसम्म मापन गरिएको छ।

पश्चिमी र स्थानीय वायु कमजोर भएकोले तत्काल पानी पर्ने सम्भावना छैन त्यसैले गर्मी बढ्ने क्रम अझै केही दिन जारी रहन्छ,उनले भने । उपत्यकामा पनि तुलनात्मक रूपमा तापक्रम केही बढ्ने मौसमविद् अधिकारीले जानकारी दिए।

images
प्रकाशित मिति :जेठ १९, २०८० शुक्रवार - ०८:४३:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology