Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

‘वेलकम टु हेम्जाकोट’ को टिम फिल्म प्रमोसनमा व्यस्त

‘वेलकम टु हेम्जाकोट’ को टिम फिल्म प्रमोसनमा व्यस्त

images

इच्छाकामना न्युज

१८, जेठ २०८०
‘वेलकम टु हेम्जाकोट’ को टिम फिल्म प्रमोसनमा व्यस्त
images

काठमाण्डौ । कमेडी जनरामा निर्माण भएको फिल्म 'वेलकम टु हेम्जाकोट' टिम यतिबेला फिल्म प्रमोशनमा व्यस्त छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्देशक सरोज पौडेलले फिल्मले बेरोजगार पात्रको संघर्षको कथा पेश गर्ने बताए। 

‘हामीले उठाएको विषयवस्तु काल्पनिक होइन। हामीहरूकै वरिपरिको कथा हो, त्यहि कथा फिल्ममा कमेडी तरिकाले प्रस्तुत गर्न खोजिएको छ,’ उनले भने। 

अभिनेता विनोद न्यौपानेले फिल्ममा आफ्नो भूमिका महत्व र अर्थपुर्ण रहेको बताए। ‘फिल्ममा मज्जाले काम गर्ने ठाउँ पाएको छु। मैले यो फिल्मबाट केही देखाउन पाउनेछु। दर्शकले पनि केही पाउनेछन्,’ उनले भने।

अर्का अभिनेता प्रेविल कंडेलले भने, ‘यस्तो क्षमतावान् र चर्चित कलाकारसँग काम गर्न पाउनु भाग्यको कुरा हो। बुद्धि दाई लगायत हरेक कलाकारको भूमिका महत्वपुर्ण छ। सबैको कथाको मुख्य विषय र परिस्थिति अहिलेको समसामयिक परिस्थितिमै आधारित छ।’ 

अभिनेता बुद्धि तामाङले भने, ‘दर्शकले मलाई नियमितभन्दा भिन्न चरित्रमा देख्न पाउनुहुनेछ।’

कार्यक्रममा डेब्यू अभिनेत्री अम्बिका तामाङले आफूले गरेको पात्रबारे भनिन्, ‘मैले गाउँकी साधारण केटीको भूमिका निर्वाह गरेकी छु। जो लोकसेवा परीक्षाको तयारीमा छिन्।’

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामालगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक पौडेलले तयार पारेका हुन्।

images
प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - २३:०९:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology