Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देवघाट गाउँपालिकाद्वारा ३८ जना विद्यार्थीहरुलाई सुईटर र शैक्षिक सामाग्री प्रदान

देवघाट गाउँपालिकाद्वारा ३८ जना विद्यार्थीहरुलाई सुईटर र शैक्षिक सामाग्री प्रदान

आशिक राना

७, माघ २०७७
देवघाट गाउँपालिकाद्वारा ३८ जना विद्यार्थीहरुलाई सुईटर र शैक्षिक सामाग्री प्रदान
images

देवघाट, ७ माघ । तनहुँको देवघाट गाउँपालिकाले वडा नम्बर १ का ३८ जना विद्यार्थीहरुलाई सुईटर र शैक्षिक सामाग्री प्रदान गरेको छ। गाउँपालिकाको शिक्षा शाखा मार्फत वडा नं. १ मा रहेका गोपिटार बाल बिकास केन्द्रका ९ जना र चेतना बाल बिकास केन्द्र बसेनिटारका २९ जना सहित ३८ जना आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई आज सुईटर र शैक्षिक सामाग्री प्रदान गरेको हो।
विद्यार्थीहरुलाई उक्त सामाग्री प्रदान गर्दै देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कुनै पनि बालबालिकाहरु शिक्षाको ज्योति बाट बन्चित हुन नदिनको लागी बाल बिकास केन्द्रहरु  संचालनमा ल्याइएको र बिस्तारै बाल बिकास केन्द्रहरुलाई विद्यार्थीहरुको संख्या हेरि आधारभूत विद्यालय बनाउने बताउनुभयो। साथै उहाँले देवघाट गाउँ पालिकाको बिकास र शैक्षिक क्षेत्र गुणस्तरको लागी आफु निरन्तर लागि पर्ने बताउनुभयो। 
कार्यक्रममा देवघाट गाउँपालिकाका शिक्षा शाखा अधिकृत होमनाथ लामिछानेले बाल बिकास केन्द्र ंगै देवघाट गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयहरुको अनुगमन भइ रहेको र  शैक्षिक सुधार क्रमिक रुपमा अगाडी बढेको बताउनुभयो। त्यस्तै कार्यक्रममा सरसफाइ सम्बन्धि जानकारी भने देवघाट सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारातिले दिनुभएको थियो।
कार्यक्रममा देवघाट वडा नम्बर १ का वडा अध्यक्ष भिम बहादुर गुरुङको अध्यक्षता सम्पन्न भएको थियो।

images
images

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - १९:५८:४२ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology