Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सरकारी निवासमा भोज गरेका कारण जापानी प्रधानमन्त्रीका छोरा बर्खास्त

सरकारी निवासमा भोज गरेका कारण जापानी प्रधानमन्त्रीका छोरा बर्खास्त

images

एजेन्सी

१६, जेठ २०८०
सरकारी निवासमा भोज गरेका कारण जापानी प्रधानमन्त्रीका छोरा बर्खास्त
images

काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो छोराले ‘अनुपयुक्त व्यवहार’ गरेकाले आफ्नो निजी सचिवबाट हटाउने बताएका छन्।

प्रधानमन्त्रीका छोरा शोतारो किशिदाले गत वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तहरूलाई निम्त्याएर भोज गरेको समाचार तस्बिरसहित गत साता एक पत्रिकाले प्रकाशन गरेपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गरेका हुन्।

“गत वर्ष सार्वजनिक स्थानमा उनले गरेको व्यवहार राजनीतिकरूपमा अनुपयुक्त थियो, उनलाई पदमुक्त गर्ने निर्णय भएको छ,ुप्रधानमन्त्री किशिदाले पत्रकारमाझ भने। यही वैशाख १८ गतेदेखि लागू हुनेगरी शोतारोले राजीनामा गर्ने जानकारी पनि दिए।

समाचार सार्वजनिक भएपछि ३२ वर्षीय छोरा शोतारोलाई प्रधानमन्त्रीले उनको हर्कतका निम्ति हप्काएका थिए। तर विपक्षीहरूको निरन्तरको आलोचनाका कारण उनले शोतारोलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।

यसअघि पनि शोतारोले युरोप भ्रमणमा गएका बेला सरकारी सवारी साधन प्रयोग गरेर किनमेल गरेका विवरण सार्वजनिक भएपछि प्रधानमन्त्री किशिदामाथि विपक्षीले आलोचना गरेका गरेका थिए।

images
प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - ०८:३४:४८ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology