Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

चीनको औद्योगिक महानगर साङ्घाईमा सय वर्षयताकै उच्च गर्मी

चीनको औद्योगिक महानगर साङ्घाईमा सय वर्षयताकै उच्च गर्मी

images

एजेन्सी

१६, जेठ २०८०
चीनको औद्योगिक महानगर साङ्घाईमा सय वर्षयताकै उच्च गर्मी
images

चीन । चीनको औद्योगिक महानगर साङ्घाईमा सय वर्षयताकै उच्च गर्मी भएको छ । मौसम विज्ञान विभागले एक सय वर्षमा हिजो सबैभन्दा तातो दिन अभिलेख गरिएको जनाएको छ ।

मौसम विज्ञले विश्व तापक्रम वृद्धिका कारण मौसम प्रतिकूल बन्दै गएको, धेरै देशमा ज्यान नै जाने खालको ताप लहर आएको र बढ्दो तापक्रमले दक्षिणपूर्व र दक्षिण एसियाली देशमा पछिल्लो हप्ता विगतका रेकर्ड तोडिएको बताएका छन् ।

हिजो साङ्घाईको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । यसअघि सन् १८७६, १९०३, १९१५ र २०१८ मा उच्च तापक्रम ३५ दशमलव ७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । भारतका केही भागमा तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

त्यस्तै, बङ्लादेशको ढाकामा झन्डै ६० वर्षयताकै सबैभन्दा तातो महसुस भएको छ । थाइल्याण्डको टाक सहरमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ४५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - ०८:१९:५६ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology