Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

देशका धेरै स्थानमा गर्मी बढ्दै, तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने

देशका धेरै स्थानमा गर्मी बढ्दै, तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने

images

इच्छाकामना न्युज

१६, जेठ २०८०
देशका धेरै स्थानमा गर्मी बढ्दै, तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने
images

काठमाण्डाै । देशका धेरै ठाउँमा आज पनि बिहानै घाम चर्किएको छ । एक/दुई दिन अझै घाम चर्किने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् रोजर लामिछानेका अनुसार तत्काल पानी पर्ने सम्भावना छैन । प्रि-मनसुुनको समय भएकाले पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली हुने अनुमान भए पनि पानी नपर्ने उहाँले बताउनुभयो ।

मौसमविद् लामिछानेका अनुसार तत्काल पानी पार्ने प्रणाली सक्रिय छैन । यसले गर्दा तापक्रम बढ्ने अनुमान छ । पानी पर्न रोकिएसँगै काठमाण्डौसहित धेरै ठाउँको अधिकतम तापक्रम बढ्न थालेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो ।

आज पनि यही हाराहारीमा तापक्रम पुग्ने अनुमान छ । यस्तै, सिमराको अधिकतम तापक्रम ३८ दशमलव ४, जनकपुरको ३८,  नेपालगञ्जको ३७ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । 

images
प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - ०७:५८:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology