Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

इच्छाकामनाका चेपाङ समुदायलाई निष्ठा आधार नेपालद्वारा बाख्राको पाठी पैंचो वितरण

इच्छाकामनाका चेपाङ समुदायलाई निष्ठा आधार नेपालद्वारा बाख्राको पाठी पैंचो वितरण

images

इच्छाकामना न्युज

१५, जेठ २०८०
इच्छाकामनाका चेपाङ समुदायलाई निष्ठा आधार नेपालद्वारा बाख्राको पाठी पैंचो वितरण
images

हात्तिवाङ । विपन्न समुदायको आर्यआर्जनमा सहयोग पुग्ने उद्देश्यले इच्छाकामना गाउँपालिका वडा नं. १ का ५० चेपाङ घरधुरीलाई पैंचो पाठी वितरण गरिएको छ । निष्ठा आधार नेपालले ग्लोबल केयर एलायन्सको सहयोगमा प्रतिघरधुरी एउटा बाख्राका दरले पैंचो पाठी वितरण गरेको हो । ५० वटा बाख्रासँगै दुईवाट बोको समेत हस्तान्तरण गरेको छ ।

स्थानीयहरुकै नेतृत्वमा बाख्रा व्यवस्थापन समिति नै बनाएर पैंचो बाख्रा वितरण गरेको हो । खोर अनुगमन, रेखदेख, र आवश्यकताका आधारमा थप सहयोगगरी समिति बनाएर पैंचो बाख्रा वितरण गरिएको हो । अहिले बाख्रा पाउनेहरुको बाख्राले पाठापाठी पाएपछि एउटा पाठा वा पाठी समितिलाई फिर्तागर्नुशर्तमा बाख्रा वितरण गरिएको हो ।

गाउँघरमा यसलाई पैंचो दिएको भन्ने मानिन्छ । समितिले प्राप्तगर्ने उक्त बाख्राको पाठा वा पाठीलाई पुनः अर्को विपन्न परिवारलाई हस्तान्तरणगर्नेगरी पैंचो बाख्रा वितरण गरिएको कार्यक्रम संयोजक राजु भित्राकोटीले जानकारी दिए ।

IMG_8971-1024x683.jpg

अहिले तत्कालका लागि वडा नं. १ वाट यो कार्यक्रम सुरु गरिएपनि कार्यक्रमको प्रभावकारिता र आवश्यकताका आधारमा थप अन्य वडाहरुमा पनि यो कार्यक्रम विस्तार गरिने कार्यक्रम संयोजक भित्राकोटीको भनाई छ ।

बाख्रा वितरण अघि बैशाख १९ गतेदेखि २१ गते सम्म स्थानीयलाई बाख्र्राको स्हारसुसार सम्बन्धि तालिम समेत दिइएको थियो । लामो समयदेखि पशुपालन सम्बन्धि तालिम दिँदै आएका कृष्ण धिताल र नारायण भट्टराईले तालिम दिएका थिए । गोठसुधार, प्रजनन, आहारविहार देखि बा्रखालाई दिइने दानापानी र रोगकिराबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा तालिम दिइएको प्रशिक्षक कृष्ण धितालले जानकारी दिए ।

पहाडी क्षेत्रमा प्रशस्तै चरिचरन भएकाले पनि बाख्रापालनको राम्रो सम्भावना रहेकाले परीक्षण स्वरुप वडा नं. १ लाई पैंचो स्वरुप ५० वटा बाख्रा वितरण गरिएको हो । बाख्रासँगै बाख्रालाई खुवाउने घाँसको विउ, दानाचोकर समेत वितरण गरिएको छ ।

 

images
प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - ०८:०९:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology