Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गोरखाको गण्डकी गाउँपालिकाले आगामी आवको निति कार्यक्रमको लागि काठमाण्डौमा बसोबास गर्ने स्थानीयसँग सुझाव संकलन गर्ने

गोरखाको गण्डकी गाउँपालिकाले आगामी आवको निति कार्यक्रमको लागि काठमाण्डौमा बसोबास गर्ने स्थानीयसँग सुझाव संकलन गर्ने

images

इच्छाकामना न्युज

१४, जेठ २०८०
गोरखाको गण्डकी गाउँपालिकाले आगामी आवको निति कार्यक्रमको लागि काठमाण्डौमा बसोबास गर्ने स्थानीयसँग सुझाव संकलन गर्ने
images

भुम्लिचोक । नयाँ आर्थिक वषको लागि बजेट, निति तथा कार्यक्रम बनाउने कार्यको संघारमा आवश्यक तयारीका लागि गोरखाको गण्डकी गाउँपालिकाले काठमाण्डौमा बसोबास गर्ने स्थानीयहरुसँग छलफल गर्ने भएको छ । गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना ‘साकार’ले दिएको जानकारी अनुसार गाउँपालिकाले काठमाण्डौमा बसोबास गर्ने स्थानीयहरुसँग आगामी आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रममा बारे छलफल गर्न लागेको हो ।

यस सम्बन्धमा गाउँपालिकाले आज एक सूचना समेत जारी गरेको छ । गाउँपालिकाले जारी गरेको सूचना अनुसार यहि जेठ २० गते काठमाण्डौ नयाँबजार स्थित सगुन क्याफेमा काठमाण्डौमा बसोबास गर्ने गण्डकी गाउँपालिकावासीसँग छलफल गर्ने र उक्त छलफलबाट प्राप्त सुझाव, प्रस्ताव, योजनाहरुलाई आवश्यकता अनुासार समावेश गरी आगामी आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रम बनाउने गाउँपालिका अध्यक्ष साकारले बताए । 

हेर्नुस् सूचना

349833634_795180548537720_4806188965616683561_n.jpg

350010236_3376530515995009_2697091278235994159_n.jpg

 

images
प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - २२:०३:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology