Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

केशवप्रसाद दुलालको बयान ‘ओलीका स्वकीय सचिवलाई एक करोड दिएँ, प्रेम राईलाई तीन करोड

केशवप्रसाद दुलालको बयान ‘ओलीका स्वकीय सचिवलाई एक करोड दिएँ, प्रेम राईलाई तीन करोड

images
केशवप्रसाद दुलालको बयान ‘ओलीका स्वकीय सचिवलाई एक करोड दिएँ, प्रेम राईलाई तीन करोड
images

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड नगद बुझाएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले लिएको बयानमा दुलालले ०७६ असोजमा प्रधानमन्त्रीको निजी निवास बालुवाटारमै गएर आफूले बज्राचार्यलाई एक करोड बुझाएको बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जीसीमार्फत मलाई बोलाएर मिति २०७६ साल असोजमा एक करोड रुपैयाँ नगदै दिएको हुँ,बयानमा दुलालले भनेका छन् । उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापामार्फत आफूले तीन करोड रुपैयाँ नगद दिएको पनि बताएका छन् । उनले पुलचोकस्थित मन्त्री क्वार्टमै गएर पैसा दिएको बताएका छन् । प्रतीक स्वयम्लाई नक्सालस्थित एक होटेलमा एक करोड रुपैयाँ दिएको पनि बताएका छन् ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत मन्त्री क्वाटर पुलचोकमा बोलाएर निज रामबहादुर थापा बादल राष्ट्रिय सभागृहको चुनाव हुनु भन्दा अगाडि तीन करोड नगदै बुझी लिएको, प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्सा घरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा एक करोड बुझी लिएको, दुलालको बयानमा उल्लेख छ ।

तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा ०७६ साउनमा तीन करोड रुपैयाँ दिएको पनि बताएका छन् ।

images
प्रकाशित मिति :जेठ ९, २०८० मंगलवार - २२:४६:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology