Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माघ १५ गतेदेखि २५ गतेसम्ममा ‘धार्चे पर्यटन महोत्सव’ हुने

माघ १५ गतेदेखि २५ गतेसम्ममा ‘धार्चे पर्यटन महोत्सव’ हुने

माघ १५ गतेदेखि २५ गतेसम्ममा ‘धार्चे पर्यटन महोत्सव’ हुने
images

धार्चे, गाेरखा, ६ माघ । जिल्लाकाे पर्यटन विकासका लागि पहिलो पटक ‘धार्चे पर्यटन महोत्सव’ हुने भएको छ । धार्चे पर्यटन प्रबर्दन समितिको आयोजनामा पहिलो पटक भिन्न भिन्न स्थानमा ‘धार्चे पर्यटन महोत्सव २०७७’ हुन लागेको हो ।

images
images

गोरखा सदरमुकाममा समितिले बुधबार पत्रकार सम्मेलन गर्दै माघ १५ गते देखी २५ गते सम्म ४ स्थानमा महोत्सवको आयोजना गरेको जानकारी दिएकाे हाे। आयोजक समितिका अध्यक्ष मनिलाल गुरुङले न्यौली खोला, काशी गाउँ वेशी र खोर्ला वेशीमा पर्यटन महोत्सव आयोजना गरेको बताए ।

महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै न्यानोनिइङ (पानीको झरनामा उक्लने र्ओलने खेल), रक क्लाइम्बिङ (पहरामा चढ्ने वा झरर्ने खेल), जीप लाईन (तारमा झुण्डने खेल), बिच क्याम्पिङ (बगरमा रात बिताउने) र र्याफ्टिङ (पानी माथि ढुङा चढने खेल) को आयोजना गरिएको समितिले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आयोजकका अनुसार र्याफ्टिङ खोर्ला वेशीबाट डेढ घण्टाको दुरीमा रहेको न्यौली खोला सम्म हुने छ । पत्रकार सम्मेलनमा जानकरी गराईए अनुसार र्याफ्टिङका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यस्तै गरी काशी गाउँ वेशीमा हुने रक क्लाइमिबङ १५० रुपैयाँ शुल्क निर्धारण गरेको छ । रक क्लाइमिबङ १२ र १५ मिटरको राखिएको छ । न्यौली खोलामा हुने क्यानोनिइङकोलागि ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

न्यौली खोलामा हुने क्यानोनिइङ १० र २० मिटरको रहेको आयोजकले जनाएको छ । यता खोला वेशीको पुलमा सञ्चालन गर्न लागेको जीप लाईनकोलागि भने आयोजकले प्रति ब्यत्ति २०० रुपैयाँ तोकेको छ । जीप लाईनको लम्बाई भने ३० देखी ५० मिटर सम्म लामो हुने छ ।

आयोजकले काठमाण्डौं र पोखराबाट भने प्रति ब्यत्ति प्याकेजमा आउन जानकालागि प्रति ब्यत्ति ६ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ । जसमा २ रात ३ दिनको आवास, खाना र सवारी तथा सबै खेलमा सहभागी हुन पाउने ब्यवस्था मिलाएको छ ।

महोत्सवमा दैनिक २०० देखि ५०० मानिसका सहभागीता हुने अनुमान गरिएको छ । १८ लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा स्थानिय स्तरका खाना तथा विविध साँस्कृतीक कार्यक्रमहरु हुने छ ।
पत्रकार सम्मेलनमा धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फुलमायाँ गुरुङ, गोरखा उद्योग बाणिज्य संघका उपाध्यक्ष भगवानबावु मास्के, गोरखा उद्योग बाणिज्य धार्चे इकाईका अध्यक्ष धनकुमार गुरुङका साथै समितिका अन्य पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - ०९:०९:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology