Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

यी हुन् धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्दा हुने फाइदा

यी हुन् धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्दा हुने फाइदा

images
यी हुन् धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्दा हुने फाइदा
images

काठमाडौं । धुम्रपान तथा सुर्तीजन्य पदार्थ प्रयोग गर्न छोडेमा स्वास्थ्यमा धेरै कुरामा फाइदा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न मन्त्रालयले आग्रह गरेको छ । 

धुम्रपान तथा सुर्तीजन्य पदार्थ प्रयोग नगरे हृदयाघातको जोखिम कम हुने मन्त्रालयले जनाएको छ । क्यान्सर र मधुमेहको जोखिमसमेत कम हुने मन्त्रालयको भनाइ छ । 

धुम्रपान तथा सुर्तीजन्य पदार्थ प्रयोग नगरे फोक्सो र श्वासप्रश्वास सम्बन्धी समस्या कम हुने, मुख दाँत, गिजा स्वस्थ रहने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना कम हुने पनि मन्त्रालयले स्पष्ट पारेको छ । 

आँखाको दृष्टि कमजोर हुनबाट जोगिने, श्रवण शक्ति कमजोर हुनेबाट जोगिने र गर्भावस्थामा हुने जोखिम पनि धुमपान तथा सुर्तीजन्य पदार्थ प्रयोग नगरे कम हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

images
प्रकाशित मिति :जेठ ८, २०८० सोमवार - ०८:२५:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology