Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माद्वारा चिट्ठासम्बन्धी विधेयक संसदमा फिर्ता

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माद्वारा चिट्ठासम्बन्धी विधेयक संसदमा फिर्ता

images
बागमती प्रदेश प्रमुख  यादवचन्द्र शर्माद्वारा चिट्ठासम्बन्धी विधेयक संसदमा फिर्ता
images

मकवानपुर । बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले 'प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' फिर्ता गर्नुभएको छ । बाग्मती प्रदेश सभाबाट पारित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएको विधेयक फेरि संशोधनका लागि फिर्ता भएकाे छ । 

गएकाे वैशाख १२ गते प्रदेश सभाबाट विधेयक पारित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष लगिएको थियो । प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि गएका विधेयकमध्ये पहिलो पटक यो विधेयक प्रदेश सभामा फिर्ता भएकाे हो ।

नेपालको संविधानको धारा २०१ को उपधारा (३) बमोजिम पुनर्विचार हुन आवश्यक रहेको सन्देशसहित विधेयक प्रदेश सभामा फिर्ता गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले बताउनुभयो । 

सङ्घीय सरकारको चिट्ठा ऐन २०२५ सँग बाझिएको, अवैध सम्पत्ति शुद्धीकरण गर्नका लागि मद्दत पुग्ने, सङ्घ र प्रदेश सरकारको साझा सूचीमा पर्ने लगायतका कारणले प्रदेश प्रमुखले यो विधेयक प्रदेश सभामा फिर्ता गरेकाे बुझिएको छ ।

प्रदेश प्रमुखबाट फिर्ता गरिएको विधेयक अब बस्ने प्रदेश सभाको बैठकमा सभामुख भुवनकुमार पाठकले सुनाउनु हुनेछ ।

images
प्रकाशित मिति :जेठ ८, २०८० सोमवार - ०८:१०:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology