Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आज पहाडी क्षेत्रमा हल्का पानी पर्ने, भोलि र पर्सि तराईमा पनि वर्षाको सम्भावना

आज पहाडी क्षेत्रमा हल्का पानी पर्ने, भोलि र पर्सि तराईमा पनि वर्षाको सम्भावना

images
आज पहाडी क्षेत्रमा हल्का पानी पर्ने, भोलि र पर्सि तराईमा पनि वर्षाको सम्भावना
images

काठमाण्डाै । पहाडी क्षेत्रका केही ठाउँमा आज साेमवार पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् संजिव अधिकारीका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा दिउँसोपछि हल्का वर्षाको सम्भावना छ । काठमाण्डौमा दिउँसो फाट्टफुट्ट पानी पर्ने अनुमान छ । अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि हल्का पानी पर्ने मौसमविद् अधिकारीले बताउनुभयो ।

यस्तै तराईका जिल्लामा भने आज हावाहुरीमात्रै चल्ने छ । तर भोलि मङ्गलवार र पर्सि बिहीवार भने पहाडी जिल्लासहित तराईका एक/दुई ठाउँमा पनि पानी पर्ने मौसमविद् अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रि–मनसुन सक्रिय हुँदैछ । भोलि पश्चिमी वायुको प्रभाव पनि थप पर्ने देखिएको छ । तराईका जिल्लामा लामो समयदेखि पानी परेको छैन । यसले गर्दा गर्मी बढेको छ ।

भोलि र पर्सि भने मौसम बदली भई एक/दुई ठाउँमा पानी पर्ने सम्भावना रहेकाले गर्मी कम हुने अनुमान छ ।

images
प्रकाशित मिति :जेठ ८, २०८० सोमवार - ०८:०१:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology