काठमाडौं । आज मे २२ अर्थात् जैविक विविधता दिवस। ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदैछ।
संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ।
जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवनचक्रसहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ।
जैविक विविधताको दृष्टिले नेपाल विश्वमा धनी देशका रूपमा चिनिन्छ।