Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बजेट अधिवेशन लगत्तै हामी मैदानमा देखिनेछौँ : सांसद रवि लामिछाने

बजेट अधिवेशन लगत्तै हामी मैदानमा देखिनेछौँ : सांसद रवि लामिछाने

बजेट अधिवेशन लगत्तै हामी मैदानमा देखिनेछौँ : सांसद रवि लामिछाने
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेले जुगेडीको पानी रामनगरमा ल्याउन खटिने चितवनका बासिन्दालाई धन्यवाद दिएका छन् । जुगेडीको पानी रामनगर चौरमा आइपुगेको अवस्थामा सांसद लामिछानेले आफु पार्टीको संगठन निर्माण, सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा ध्यानकेन्द्रित गर्नुपर्ने भएकाले निर्वाचन क्षेत्रमा आउन नसकेको बताए ।

images
images

बजेट अधिवेशन लगत्तै आफु मैदानमा देखिने उनले बताए । ‘मैले १०० दिन समय तोकेको थिएँ । आज ३० दिन पनि पुगेको छैन् । जुगेडिको पानी रामनगर चौरमा आइपुगेको छ । यति चाडैं रामनगरसम्म पानी ल्याउन रातदिन नभनि खटिनुभएका सबै जना बिशेष गरि रामनगरका बासिन्दा र श्रमदान गर्नुहुने सम्पुर्ण चितवनका बासिन्दाहरुमा म बिशेष धन्यवाद प्रकट गर्दछु । आज तपाईं मैदानमा खटिदा हामी यो देशको भविष्य निर्माणमा खटिन पाएका छौं। भनेको दिन भित्र चितवनले पानी पाउँछ। भनेको समयमा देशले मुहार फेर्न शुरु गर्छ। बजेट अधिवेशन लगत्तै हामी मैदानमा देखिनेछौ, फरक शैली र जिम्मेवार ढंगमा’, उनले फेसबुकमा लेखेका छन् ।

उपनिर्वाचनको परिणामले जिम्मेवारी थपिएको पनि उनले बताए । ‘उपनिर्वाचनको परिणामले हाम्रो जिम्मेवारी थपेको छ। यस बीचमा हामी संगठन निर्माण र भावी योजनामा केन्द्रित रह्यौं। निति कार्यक्रम तथा बजेटले हाम्रा प्राथमिकतालाई समेटुन् भनेर केन्द्रित भयौं। हाम्रा सांसदहरू निर्वाचन क्षेत्रमा पुग्न समेत भ्याएनन्। म आफैं पनि आफ्नो निर्वाचन क्षेत्रमा पुग्न सकिन’, उनले भनेका छन् ।

 
 

images
प्रकाशित मिति :जेठ ६, २०८० शनिवार - ०९:०२:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology