Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नाइटोमा नरिवल तेल लगाउँदा हट्छ चाउरीपना

नाइटोमा नरिवल तेल लगाउँदा हट्छ चाउरीपना

images
नाइटोमा नरिवल तेल लगाउँदा हट्छ चाउरीपना
images

काठमाडौ‌ं । पुरानो समयमा बजार आजको जस्तो छाला हेरचाह गर्ने उत्पादनले भरिपूर्ण थिएन। त्यसबेला मानिसहरूले छाला र स्वास्थ्यको लागि घरेलु र आयुर्वेदिक व्यञ्जनहरू प्रयोग गर्थे।

नाइटोमा (बेली बटन) मा तेल हाल्दा धेरै फाइदा हुन्छ। नाभिमा तेल लगाउनुलाई नाभि उपचार भनिन्छ र यसको फाइदा पाचन, रोग प्रतिरोधात्मक क्षमता र छालामा देखिन्छ। यसका अतिरिक्त, यो आयुर्वेदिक तरिकाको सबैभन्दा बढी फाइदा छालामा उपलब्ध हुन्छ।

यो तेललाई हल्का तताउनुहोस्। यसरी तताईएको तेल धेरै तातो भने हुनु हुँदैन । राति सुत्नुअघि नाभि (नाइटो) मा २ देखि ३ थोपा तेल हाल्नुहोस् । यो दैनिक रुपमा गर्नुहोस् । सो गर्दा छालालाई आन्तरिक रूपमा हाइड्रेसन प्राप्त हुन्छ र नाभीमा तेल हाल्दा छालाको चाउरीपना हटाउन र छालालाई स्वस्थ राख्न पनि फाइदा हुन्छ।

नरिवलको तेलमा एन्टी फंगल गुण हुन्छ, जसले नाइटोलाई सफा गर्दछ भने इन्फेक्सन हुनवाट पनि रोक्दछ । यसबाहेक, नरिवलको तेलमा प्रचुर मात्रामा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ र यसले नाभिको रातोपन कम गर्छ।

नाभि प्रायः शरीरको एक भाग हो जसलाई मानिसहरूले बेवास्ता गर्छन् र सही तरिकाले सफा गर्न बिर्सन्छन्। यस्तोमा अवस्थामा नरिवलको तेल नाइटोमा हाल्दा चिन्ता पनि दुर हुन्छ । जलन र सोइलिङबाट छुटकारा पाउन र निको पार्ने गुणहरू प्राप्त गर्न नाभिमा नरिवलको तेल हाल्नु लाभदायक हुन्छ।

नाइटोका बारेमा रोचक तथ्यहरू

नाइटो हाम्रो शरीरको सबैभन्दा गन्धयुक्त भाग हो । यसका ६७ प्रकारका जिवाणुहरु पाइन्छन् ।
विश्वमा ४ प्रतिशत मानिसहरुको नाइटो बाहिर निस्किएको हुन्छ । बाँकी सबै मानिसहरूको नाइटो भित्र पसेको हुने गर्छ ।
महिलाको तुलनामा पुरुषको नाइटोमा धेरै रौँ हुने गर्छ ।
विश्वकी सेक्सी महिलाको नाइटो नै छैन ।
नाइटो अण्डा दिने जनावरमा पाइन्दैन । यो स्तनधारीमा मात्र हुने गर्छ ।
अंग्रजी टि आकारको नाइटो अत्यन्तै कामुक हुने गर्छ ।
महिलाको नाइटो गोप्य हुने गर्छ । जुन महिलाको नाइटो बीचमा हुन्छ उक्त महिलाबाट स्वस्थ बच्चा जन्मन्छ । एजेन्सीको सहयोगमा

images
प्रकाशित मिति :जेठ ६, २०८० शनिवार - ०८:३९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology