Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

images
नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ
images

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको हो । पछिल्लो समय रिजालले पुनर्बास गराउन बाँकी छ हजार भन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आएका थिए । उनकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि ३० जेठ २०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई सात लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए । उनलाई त्यही आधारमा पक्राउ गरेको प्रहरी स्रोतको दाबी छ । रिजालले केही दिनअघि अर्कै सिलसिलामा पैसा लिएको र आफूले फिर्ता गरिसकेको भन्दै आफूलाई फसाउन खोजेको भनी आपत्ति जनाएका थिए ।

images
प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - २३:५१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology