Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

कोलम्बियामा विमान दुर्घटना भएको १८ दिनपछि ११ महिनाको बच्चासहित ४ जना जीवितै भेटिए

कोलम्बियामा विमान दुर्घटना भएको १८ दिनपछि ११ महिनाको बच्चासहित ४ जना जीवितै भेटिए

images

एजेन्सी

४, जेठ २०८०
कोलम्बियामा विमान दुर्घटना भएको १८ दिनपछि ११ महिनाको बच्चासहित ४ जना जीवितै भेटिए
images

कोलम्बिया । कोलम्बियामा १८ दिनअघि भएको विमान दुर्घटनामा ११ महिनाको बच्चासहित चार जना जीवितै भेटिएका छन् । विमान दुर्घटना भएको दुई हप्तापछि अमेजन जङ्गलमा चार जना बालबालिकालाई जीवितै भेटाइएको कोलम्बियाका प्रधानमन्त्रीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले यो देशकै लागि आनन्दको खबर भएको उल्लेख गर्नुभएको हो ।

गएको मे १ मा विमान दुर्घटना भएकोमा विमानमा यात्रा गरिरहेका नाबालिगहरूको खोजी गर्न तालिम प्राप्त कुकुरसहित एक सय जनाभन्दा धेरै सिपाही तैनाथ गरिएको थियो । दुर्घटनामा पाइलट र बच्चाकी आमासहित तीन जनाको ज्यान गएको थियो ।

राष्ट्रपति पेट्रोले बालबालिकालाई कहाँबाट उद्धार गरिएको हो र उनीहरू जङ्गलमा एक्लै कसरी बाँचे भन्नेबारेमा कुनै जवाफ दिनुभएको छैन । बालबालिकाहरू जङ्गलमा हाँगा भाँचेर बनाइएको सानो आश्रयस्थलमा बसेका खबरमा उल्लेख छ ।

images
प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - २३:४९:०७ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology