कुरिनटार । आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम बनाउनका लागि चितवनको इच्छाकामना गाउँपालिकाले आम नागरिकसँग सुझाव संकलन गर्ने भएको छ । आज बिहिबार एक सूचना जारी गर्दै गाउँपालिकाले आम सरोकारवालासँग सुझाव माग गरेको हो ।
गाउँपालिकाबाट जारी सूचनामा गाउँपालिकाले हाल आगामी आर्थिक वर्षको लागि निति तथा कार्यक्रम तयार गरिरहेको हुदाँ समग्र गाउँपालिकाको विकास र समृद्धिका लागि आवश्यक क्षेत्रगत निती तथा कार्यक्रमहरुका बारे आ–आफ्नो रचनात्मक, व्यवहारिक, प्रवद्र्धनात्मक, परिवर्तनमुखी सुझावहरु उपलब्ध गराईदिन अनुरोध गरेको छ ।
गाउँपालिकालाई सुझाव दिदाँ गाउँपालिकामा नै आएर वा ईमेल मार्फत पनि सुझाव दिन सकिने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए ।
