मझिमटार । धादिङको मझिमटारमा अवस्थित शंखादेवी माविका विद्यार्थी र अभिभावकसँग बाल विवाह सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बेनिघाट रोराङ गाउँपालिकाको आयोजनामा आईतबार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयमा अध्ययनरत ६ देखि १० कक्षासम्मका ३० जना छात्रछात्राहरुको सहभागिता रहेको विद्यालयका सहायक प्रध्यानाध्यापक तिलक चेपाङले जानकारी दिए ।
अहिले पनि चेपाङ समुदायका ७१ प्रतिशत भन्दा बढि किशोरीहरुले नाबालिका अवस्थामा नै बिहे गर्ने गरेका छन् । यसैलाई लक्षित गर्दै चेपाङ समुदायका बालबालिका अध्ययनरत विद्यालयमा पहिलो पटक बाल विवाह सम्बन्धि विद्यार्थी र अभिभावकसँग अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले जानकारी दिए ।