Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गाउँपालिकाको शैक्षिक सुधारका लागि बेनीघाट रोराङ गाउँपालिकाद्वारा शिक्षकसँग अन्तरक्रिया

गाउँपालिकाको शैक्षिक सुधारका लागि बेनीघाट रोराङ गाउँपालिकाद्वारा शिक्षकसँग अन्तरक्रिया

इच्छाकामना न्युज

३१, बैशाख २०८०
गाउँपालिकाको शैक्षिक सुधारका लागि बेनीघाट रोराङ गाउँपालिकाद्वारा शिक्षकसँग अन्तरक्रिया
images

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले शनिबार पालिका भित्र रहेका ५५० जना शिक्षकहरुलाई बोलाएर वार्षिक परिक्षाको नतिजा समिक्षा तथा समग्र शैक्षिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम गरेको छ ।

images
images

पालिका भित्रका ७६ वटा विद्यालयका निजि श्रोत शिक्षकहरु बाहेकका सबै शिक्षकहरुलाई बोलाई उक्त कार्यक्रमको आयोजना गरेको हो ।

पालिका अध्यक्ष एवम् गाउँ शिक्षा समितिमा अध्यक्ष कृष्णबहादुर थपलिया ( बिबेक) काे अध्यक्षतामा सम्पन्न साे अन्तरक्रिया कार्यक्रममा पालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल र शिक्षा समितिका सदस्य हेमनाथ थपलियाले प्रशिक्षण मुलक मन्तब्य राखेका थिए ।

कार्यक्रममा गाउँ शिक्षा अधिकारी बाेधराज पाठकले गाउँ शिक्षा समितिकाे तर्फबाट पालिकाकाे शैक्षिक सुधारका लागि ९१ बुंदे मार्गचित्र प्रस्ताव गरेका थिए । बिद्यालयकाे बिद्यमान समस्या, समाधानका उपायहरू र प्रस्ताबित मार्गचित्रकाे बारेमा प्रअ र शिक्षकहरूबाट जिज्ञासा र सुझाबहरू संकलन गरिएकाे थियाे ।

सुझाब टिपाेटकर्ताकाे रूपमा गाउँ शिक्षा समितिका सदस्यहरू टीका थपलिया र याेबकुमारी मरहठ्ठा तथा चन्द्राेदय माबि बिशालटारका प्रअ रमेश रेग्मी रहेका थिए । प्रस्तुत मार्गचित्र र प्राप्त सुझाबहरूलाई समेटेर आगामी शिक्षा समितिकाे बैठकले मार्ग चित्र स्वीकृत गरि लागू गरिने जनाईएकाे छ । यस कार्यबाट गाउंपालिकाकाे समग्र शैक्षिक सुधार हुने अपेक्षा गरिएकाे छ।

images
प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - १०:२१:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology