Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नक्कली शरणार्थी प्रकरणः गिरोहलाई भेटेको बालकृष्ण खाँणको स्वीकारोक्ति

नक्कली शरणार्थी प्रकरणः गिरोहलाई भेटेको बालकृष्ण खाँणको स्वीकारोक्ति

images

पत्रपत्रिका

३१, बैशाख २०८०
नक्कली शरणार्थी प्रकरणः गिरोहलाई भेटेको बालकृष्ण खाँणको स्वीकारोक्ति
images

काठमाडौं । मानव बेचबिखन गिरोहसँग पूर्वमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष सम्पर्क रहेको पनि थप तथ्य खुलेका छन् । बयान तथा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणअनुसार गिरोहको योजनाबमोजिम काम गर्ने गरी सचिव टेकनारायण पाण्डेको अग्रसरतामा तत्कालीन गृहमन्त्री खाँण र गिरोहबीच सम्पर्क स्थापित भएको थियो ।

केशव दुलाललाई मन्त्री खाँणसँग भेटाएपछि सचिव पाण्डेले गिरोहका अर्का सदस्य सानु भण्डारीलाई म्यासेज गरी भनेका थिए, ‘मन्त्रीसँग सबै कुरा भएको छ, काम अघि बढ्ने भयो ।’ यो तथ्य सचिव पाण्डेकै मोबाइलबाट प्रहरीले फेला पारेको छ । गिरोहका नाइकेहरूसँग भेटेको खाँणले प्रहरीसँग स्विकारेका छन् । सरकारी वकिलको रोहबरमा आइतबार बयान लिने प्रहरीको तयारी छ ।

पक्राउ पर्नुअघि पाण्डेले जस्तै खाँणले पनि मोबाइल फर्म्याट (खाली) गराएका थिए । पाण्डेको मोबाइलका ‘डेटा रिकभर’ भइसकेका छन् भने खाँणको मोबाइल प्रयोगशालामा पठाइएको प्रहरी भनाइ छ । ‘अहिलेसम्मको सोधपुछ र प्रारम्भिक बयानमा उहाँ (खाँणंं) ले गिरोहका सदस्यसँग भेटेको स्वीकार गर्नुभएको छ । त्यसलाई पुष्टि गर्ने विवरण सचिव र अरू आरोपित तथा प्राविधिक अनुसन्धानबाट पनि प्राप्त भएका छन्,’ प्रहरी अधिकारीले भने, ‘अब मोबाइलबाट भेटिने प्रमाण अनि बयानबाट के–कस्तो खुल्छ, त्यो बाँकी छ ।’

पाण्डे गृह सचिव भएर आएबाटै बिचौलियासँगको साँठगाँठमा गृहले नक्कली शरणार्थीको फाइल अघि बढाएको थियो । योजनाअनुसार पाण्डेले २०७८ असोज १४ मा झापा प्रशासनलाई शरणार्थीको लगत संकलनसहितको काममा खटाएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - ०९:४०:५० बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology