Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

देशका पहाडी क्षेत्रको मौसममा आंशिक बदली : ‘मोखा’ चक्रवातको प्रभाव नेपालमा नपर्ने

देशका पहाडी क्षेत्रको मौसममा आंशिक बदली : ‘मोखा’ चक्रवातको प्रभाव नेपालमा नपर्ने

images

इच्छाकामना न्युज

३०, बैशाख २०८०
देशका पहाडी क्षेत्रको मौसममा आंशिक बदली : ‘मोखा’ चक्रवातको प्रभाव नेपालमा नपर्ने
images

चितवन । देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ । कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको र अरु ठाउँको मौसम सामान्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम आंशिक बदली भएका क्षेत्रको पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । आज काठमाण्डौ उपत्यकामा पनि मौसम बदली भएको छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

अहिले स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हिजोदेखि बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवात शक्तिशाली चक्रवातका रुपमा परिणत भएको छ । तर यो चक्रवात उत्तर, उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रतर्फ बढिरहेकाले यसको नेपालमा उल्लेखनीय प्रभाव नरहने महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ३०, २०८० शनिवार - ०८:३५:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology