Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

इच्छाकामनाका गाईगोरुमा लम्पी स्किन रोग फैलदैं, अहिलेसम्म २३ वटा गाईगोरु मरे, ५ सय बढीको उपचार हुदै

इच्छाकामनाका गाईगोरुमा लम्पी स्किन रोग फैलदैं, अहिलेसम्म २३ वटा गाईगोरु मरे, ५ सय बढीको उपचार हुदै

images

इच्छाकामना न्युज

२९, बैशाख २०८०
इच्छाकामनाका गाईगोरुमा लम्पी स्किन रोग फैलदैं, अहिलेसम्म २३ वटा गाईगोरु मरे, ५ सय बढीको उपचार हुदै
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा रहेका गाईगोरुमा लम्पी स्किन रोग फैलदैं गएको छ । उक्त रोगकै कारण अहिलेसम्म २३ वटा गाईगोरु मरेका छन् । सात वटै वडामा फैलिएको यस रोगबाट हाल सम्म २३ वटा गाईगोरु मरेको रिर्पोट संकलन भएको पुशसेवा शाखा इच्छाकामनाका प्रमुख रञ्जित सुनारले बताउनुभयो ।

उहाँका अनुसार हाल सम्म वडा नम्बर १ मा सबै भन्दा बढी गाईगोरु मरेका छन् । वडा नम्बर १ मात्र ११ वटा गाईगोरु मरेका छन् । ३८८ भन्दा बढी बिरामी अवस्थामा छन् । वडा नम्बर २ मा १० वटा गाईगोरु मरेका छन् भने ५५ भन्दा बढीको संख्यामा बिरामी छन् ।

वडा नम्बर ३ मा १७ वटा बिरामी परेका छन् । हाल सम्म यस वडामा मरेका छैनन् । वडा नम्बर ४ मा चार , ५ मा ११ र ६ मा ३२ गाईगोरु बिरामी परेका छन् ।

वडा नम्बर सातमा २ वटा मरेका छन् भने ३५ वटा बिरामी परेका छन् । यो रोगबाट ८ देखि १० प्रतिशत मर्ने सम्भावना रहन्छ । हाल सम्म इच्छाकामनामा मृत्यूदर ६ प्रतिशत मात्र छ ।

यो रोग इच्छाकामनामा चैत ९ गतेबाट देखा परेका हुन् । अहिले प्रत्येक वडामा प्राविधिक खटाई उपचार र विवरण संकलन भइरहेको उहाँले बताउनुभयो । संक्रमणदर र मृत्युदर क्रमश स्  घट्दै गएको उहाँको भनाई छ । हाल सम्म ५ सय भन्दा बढीको उपचार गराइसकेको र हाल संक्रमण र मृत्युको अवस्था नियन्त्रण उन्मुख रहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाइबस्तुमा रोग देखा परेको भन्ने सुचना पाउन साथ आफै पनि प्रभावित क्षेत्रमा पुगेको र तत्काल पशुचिकित्सक प्राविधिकहरुसहितको टोली खटाई उपचार गर्ने आवश्यक परामर्श दिने लगायतको काम गरेको बताउनुभयो । गाउँपालिकाले रोकथाम र उपचारका लागि सबै प्रकारको प्रयास गरिरहेको र हाल नियन्त्रण उन्मुख रहेको बताउनुभयो ।

गाईभैँसीमा यो रोग देखापरेमा ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादनमा ५० देखि ७० प्रतिशत घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुन्निने लक्षण लक्षण देखा पर्ने इच्छाकामना पशुशाखाकाका पशुचिकित्सक डा। सुनिल ज्ञवालीले बताउनुभयो । यो रोगबट लामखुट्टे झिङ्गा, भुसुना आदिको टोकाइबाट, संक्रमित गाइभैँसीका ओसारपसारबाट र रोगी पशुहरुसगैँ राखेमा वा चराएमा र लसपसबाट सर्ने डा। ज्ञवालीको भनाई छ ।

उहाँका अनुसार यसको रोगको ठोस उपचार छैन । यो रोग लाग्नु नदिनुनै उत्तम उपाय भएको हो । यो रोग लक्षणको आधारमा गरिनुपर्छ । ज्वरो आए ज्वारोको उपचार, घाउको उपचार गर्ने, जुम्रा किर्नाबाट बचाउने रोग देखिहालेको अवस्थामा छुटाएर राख्ने चराउन नलैजाने पशुचिकित्सक प्राविधिकहरुलाई खबर गर्नु पर्ने बताउनुभयो ।

इच्छाकामनामा भौगोलिक विकटता, जनचेतनाको अभाव सञ्चार माध्यमको पहुँच नभएकाले नियन्त्रणमा केही समस्या आए पनि हाल निरन्तर प्राविधिकहरु खटाई उपचार र जनचेतनामुलक कार्यक्रमहरु गरिरहेकाले नियन्त्रण उन्मुख अवस्थामा रहेको डा। ज्ञवालीको भनाई छ ।

पशुसेवा विभागको तथ्याङ्क अनुसार देशभर ३५ जिल्लामा फैलिएको यो रोगबाट ३५ हजार भन्दा बढी गाईभैँसी प्रभावित भएका छन् । चितवनमा इच्छाकामना, कालिका खैरहनी र राप्तीमा यो रोग बढी देखा परेका छन् ।

images
प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - ०९:१३:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology