Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

इच्छाकामना र गण्डकी गापा जोड्ने गरी चुम्लिङटारमा पक्की पुल बन्ने भनेको झण्डै डेढ दशक पछि बल्ल बेलिब्रिज बन्ने तयारी, दशैसम्म तयार हुने

इच्छाकामना र गण्डकी गापा जोड्ने गरी चुम्लिङटारमा पक्की पुल बन्ने भनेको झण्डै डेढ दशक पछि बल्ल बेलिब्रिज बन्ने तयारी, दशैसम्म तयार हुने

images

इच्छाकामना न्युज

२६, बैशाख २०८०
इच्छाकामना र गण्डकी गापा जोड्ने गरी चुम्लिङटारमा पक्की पुल बन्ने भनेको झण्डै डेढ दशक पछि बल्ल बेलिब्रिज बन्ने तयारी, दशैसम्म तयार हुने
images

कुरिनटार,२६ बैशाख । गोरखाको गण्डकी गाउँपालिका वडा नम्वर १ स्थित बुटार र चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर ३ चुम्लिङटार जोड्ने बेलिव्रिज निर्माणका लागि पायलिङ मेसिन त्रिशूली नदी पार गराइएको छ ।

मेसिन तार्न पटक पटक प्रयास गर्दा चौँथो पटक सफल भएको सिइ कन्स्ट्रक्सनका इन्जिनियर गणेश लम्सालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो आज मेसिन पार भएको छ, भोलिबाट खन्ने काम सुरु हुन्छ । साइडमा आवश्यक डण्डि, सिमेन्ट, गिटि, बालुवा, अन्य यन्त्र उपकरण तयारी अवस्थामा रहेको छ ।

मेसिन पार गराउन सहयोग गर्ने गण्डकि गाउँपालिका लगायत सरोकारवालाहरुलाई उहाँले धन्यवाद दिनुभएको छ । मेसिन पार गराउने अपरेटरलाइ गण्डकि गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले खादा र टिका लगाएर सम्मान गर्नुभएको थियो ।

यस क्षेत्रमा पुल निर्माण हुने भनेको डेढदशक हुँदा समेत निर्माण हुन सकेको थिएन । गाउँपालिकाबाट प्रधानमन्त्री कार्यालय पुगेको टोलिलाइ प्रधानमन्त्रीले बेलिव्रिज निर्माण गरेर पक्कि पुलको थालनि बताउनुभएको थियो । अध्यक्ष तिमिल्सिनाका अनुसार यस भेगका नागरिकहरुले दशैँको आसपास बेलिव्रिजबाट सवारीसाधन चलाउन पाउनेछन् ।

images
प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - २३:००:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology