गोरखा, १९ असोज
सोमबार गोरखाका १८ जनामा कोरोना संक्रमणप पुष्टि भएको छ। गोरखा नगरपालिका १७ जना र पालिुङटारका का १ जना गरि १८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
संक्रमितमध्ये ९ जना प्रहरी सहित २ थुनुवा समेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत एकजना असईसहित त्यहाँका दुई थुनुवामा कोरोना पुष्टि भएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
त्यसैगरी नगरपालिकाकै बाह्रकिलो प्रहरी चौकीमा कार्यरत आठजना प्रहरीमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिनुभयो।
यी बाहेक बाह्रकिलो चौकीमा कार्यरत प्रहरीको कन्ट्याक्ट ट्रेसिङमा परेका परिवार भित्रका दुईजना पुरुष र फलफूल व्यापारी गोरखा नगरपालिका ११ का २२ वर्षका पुरुष र ४१ वर्षीया महिलामा समेत कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताउनुभयो ।
गोरखामा विद्यालय पढाउन आएका एक शिक्षक र दुबईबाट फर्केका गोरखा नगरपालिका १३ मा होम क्वारेन्टिन बसेका अर्का एक गरी दुईजनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको उहाँले बताउनुभयो।
त्यसैगरि पालिुङटार नगरपालिका–९ का ३३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
