Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

बेलायती राजा चाल्र्सको राज्याभिषेक सम्पन्न

बेलायती राजा चाल्र्सको राज्याभिषेक सम्पन्न

images

एजेन्सी

२४, बैशाख २०८०
बेलायती राजा चाल्र्सको राज्याभिषेक सम्पन्न
images

बेलायत । बेलायतका राजा चाल्र्स र रानी क्यामिलाको राज्य अभिषेक सम्पन्न भएको छ । वेस्टमिन्स्टर एबे चर्चमा शनिबार भव्य समारोहबीच उहाँलाई आर्चविशपले दिउँसो ३ः४५ (नेपाली समय अनुसार) ‘सेन्ट एड्वर्डज क्राउन’ राजाको शिरमा लगाइदिनुभएको हो । सन् १९५३ मा महारानी एलिजाबेथको राज्य अभिषेकको ७० वर्षपश्चात् पहिलोपटक शनिबार सोे समारोह आयोजना गरिएको हो ।

समारोहमा राजा चाल्र्स ७०० वर्ष पुरानो सेन्ट एडवर्डको कुर्सीमा बस्नुभएको छ उहाँको अभिषेकको लागि १२औँ शताब्दीको सुनको चम्चा र पवित्र तेल प्रयोग गरिएको बताइएको छ । समारोहमा प्रधानमन्त्री ऋषि सुनक र उहाँकी पत्नी अक्षता मूर्तिले झण्डा बोक्नेहरूको काफीले नेतृत्व गर्नुभएको थियो । गत वर्ष सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको निधनपछि चाल्र्सलाई बेलायतको राजा घोषित गरिएको थियो ।

राजाले पहिरेको सो ताज ३६० वर्ष पुरानो र २२ क्यारेट सुनले बनेको छ । यो ३० सेन्टिमिटर लामो छ, यसको वजन लगभग दुई किलो २३० ग्राम छ । यो दुईवटा अनानासको तौल वा दुई लिटर पानीको बोतलको तौलबराबर हुन्छ । यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा आफ्नो राज्याभिषेकमा लगाउनुभएको थियो । विगत ७० वर्षदेखि यो मुकुट टावर अफ लन्डनबाट विरलै बाहिर आएको छ ।

राजा चाल्र्स निष्ठा व्यक्त गर्दै आर्चविशप सम्मानमा झुक्नुअघि शपले वेस्टमिस्टर एबेमा र घरमा कार्यक्रम हेरिरहेकाहरूलाई यी शब्दहरूका साथ राजा चाल्र्सप्रति बफादारीको शपथ लिन आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘म कसम खान्छु कि म महाराज, उहाँको उत्तराधिकारी र कानुनमा साँचो निष्ठा राख्नेछु’ रानी कन्सोर्ट क्यामिलालाई पनि ताज लगाइएको छ । तर, उहाँलाई शपथ लिन भने भनिएन । उहाँलार्ई रानी मेरीको ताज लगाइयो । राजा चाल्र्सको राज्याभिषेकका लागि करिब दुई हजार मानिसलाई आमन्त्रण गरिएको थियो ।
वेस्टमिन्स्टर एबीमा विम्बहरूले भरिएको र संगीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोह सम्पन्न गरिएको थियोे ।

राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए । वेस्टमिन्स्टर एबीमा करिब दुई घण्टा लामो राज्याभिषेक समारोह चलेको थियो । समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू थिए । प्रधानमन्त्री ऋषि सुनकले बाइबलको एक अंश वाचन गर्नुभएको थियो । रिपोर्टका अनुसार राज्याभिषेकका लागि एक हजार करोडभन्दा बढी खर्च भएको जनाइएको छ । प्रिन्स ह्यारी, ड्यूक अफ ससेक्स, समारोहको लागि पत्नी मेगनबिना शुक्रबार लन्डन पुग्नुभएको थियो ।

images
प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - ०७:३०:१५ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology