Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

‘टोपबहादुरजी फरार भए पनि हामी जसरी पनि निकाल्छौं’–गृहमन्त्री नारायणकाजी श्रेष्ठ

‘टोपबहादुरजी फरार भए पनि हामी जसरी पनि निकाल्छौं’–गृहमन्त्री नारायणकाजी श्रेष्ठ

images

इच्छाकामना न्युज

२३, बैशाख २०८०
‘टोपबहादुरजी फरार भए पनि हामी जसरी पनि निकाल्छौं’–गृहमन्त्री नारायणकाजी श्रेष्ठ
images

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फरार रहेका एमाले नेता टोपबहादुर रायमाझीलाई जसरी पनि निकाल्ने बताएका छन् । श्रेष्ठले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरणमा जोडिएका जोकोहीमाथि पनि छानबिन हुने र कारबाहीको दायरामा ल्याइछाड्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान बनेको संगठित गिरोहमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन् । यस प्रकरणमा बहालवाला सचिवदेखि पूर्वमन्त्रीका सल्लाहकारसम्म पक्राउ परिसकेका छन् भने केहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

कुनै नेताले रायमाझीलाई पक्राउ नगर भन्दैमा सरकारले दोषीलाई छुट नदिने गृहमन्त्री श्रेष्ठले बताए । फरार रहेका रायमाझीको बारेमा उनले भने, ‘यसरी ‘फरारी’ भएपछि त त्यसले हामीलाई मद्दतै गर्छ नि । एक–दुई दिन फरार भए पनि हामीले निकाल्न त निकाल्छौं नै । इन्डिया गएकै भए पनि कति बसिरहने र ? निगरानी त हामीले गरिरहेकै छौं ।’

images
प्रकाशित मिति :बैशाख २३, २०८० शनिवार - ०९:०६:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology