दर्वुङ । गण्डकी गाउँपालिका–५ दर्वुङमा संचालित अचार तथा आलु चिप्स बनाउने तालिम सम्पन्न भएको छ ।
युवा रोजगार तालिम अन्तरगत पालिकाले संचालन गरेको तालिम दश दिनसम्म चलेको हो । तालिममा पालिका भित्रका ३० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । गायत्री नेपालीले सहजिकरण गरेकी थिइन् ।
तालिमको प्राबिधिक सहयोग महिला अधिकार सरोकार केन्द्र गोरखाले गरेको थियो । शुक्रवार एक कार्यक्रमका बिच तालिमको समापन गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाको अध्यक्षता रहेको थियो ।