काठमाण्डौ । आधा दर्जन भन्दा बढि विभिन्न गुरुङ संघ संस्थाहरुको आयोजनामा साहित्यकार शित्तल कादम्बिनीको भर्खरै बजारमा आएको उपन्यास ‘सिन्का पाउरु’ माथि विमर्श हुने भएको छ । यहि वैशाख २३ गते काठमाण्डौ स्थित तमू बौद्ध सेवा समितिको सभाहलमा कार्यक्रम आयोजना हुन लागेको हो ।
कार्यक्रमको आयोजना तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, तमू बौद्ध सेवा समिति, तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, तमू (गुरुङ) कलाकार संघ, गुरुङ पर्यटन व्यवसायी संघ, टेकानेट र यात्रा पब्लिकेशनले संयुक्त रुपमा गर्न लागेको हो ।
कार्यक्रममा माननीय सुरेश आले मगर, रामकाजी कोने, राजन मुकारुङ, धनकुमारी सुनार वक्ताको रुपमा रहेका छन् भने कार्यक्रममा सहजकर्ताको भूमिका अनिता गुरुङले गर्नेछ ।