Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आजको मौसमः यी तीन प्रदेशमा वर्षाको सम्भावना

आजको मौसमः यी तीन प्रदेशमा वर्षाको सम्भावना

images

इच्छाकामना न्युज

२१, बैशाख २०८०
आजको मौसमः यी तीन प्रदेशमा वर्षाको सम्भावना
images

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहेकाले बिहीबार देशभरको मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानै देखि मौसम सामान्य बदली रहेकाले कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

त्यस्तै, बिहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । आज कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान मशाहाखाले उल्लेख गरेको छ ।

पहाडी भू-भागमा मौसम आंशिक देखि सामान्य बदली रहनाले राती पनि उच्च पहाडी स्थानका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २१, २०८० बिहिवार - ०९:१०:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology