Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दामा संलग्न पूर्व गहृमन्त्री ‘बादल’ का सल्लाहकार इन्द्रजीत राई पक्राउ

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दामा संलग्न पूर्व गहृमन्त्री ‘बादल’ का सल्लाहकार इन्द्रजीत राई पक्राउ

images

इच्छाकामना न्युज

१९, बैशाख २०८०
नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दामा संलग्न  पूर्व गहृमन्त्री ‘बादल’ का सल्लाहकार इन्द्रजीत राई पक्राउ
images

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले एमाले नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका राईलाई पक्राउ गरेको हो।

उच्च प्रहरी स्रोतका अनुसार राईलाई सादा पोशाकमा रहेको प्रहरी टोली मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो। काठमाडौं प्रहरीको टोलीले ललितपुर प्रहरीसँग समन्वय गरेर उनलाई पक्राउ गरेको हो।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको पनि संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

images
प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - ११:०१:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology