Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

धार्केमा सडक भासिएर अवरुद्ध भएको पृथ्वीराजमार्ग २० घण्टापछि एकतर्फी सञ्चालन

धार्केमा सडक भासिएर अवरुद्ध भएको पृथ्वीराजमार्ग २० घण्टापछि एकतर्फी सञ्चालन

images

इच्छाकामना न्युज

१९, बैशाख २०८०
धार्केमा सडक भासिएर अवरुद्ध भएको पृथ्वीराजमार्ग २० घण्टापछि एकतर्फी सञ्चालन
images

धादिङ । धादिङ धार्केको गणेशखोलामा रहेको पुलको जमिन भासिएपछि सोमबारदेखि अवरूद्ध पृथ्वी राजमार्ग अन्तर्गत धार्के खण्ड एक सञ्चालनमा आएको छ ।

२० घण्टा देखि अबरुद्ध रहेको राजमार्ग विहान ९ : ४५ बजेबाट सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ गजुरीका प्रहरी निरीक्षक उद्भव पोखरेलले बताए ।

धादिङको धुनीवेशी नगरपालिका–६ धार्के र थाक्रे गाउँपालिका–८ सिमाना जोड्ने पुल नजिकै भासिदा राजमार्ग दुवैतर्फ ठप्प बनेको थियो । भासिएको भागमा ग्यावियन जाली लगाएर उकास्ने र भ्वाङ परेको भाग पुर्ने कार्य पश्चात् राजमार्ग सुचारु गरिएको हो।

नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरकार, स्थानीयहरु, राजमार्गमा यात्रा गरिरहेका यात्रु सबैको सहयोगमा भासिएको भाग मर्मत गरिएको हो । सडक सुचारु भएसँगै यात्रुहरु गन्तब्यतर्फ प्रस्थान गरेका छन् ।

images
प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - १०:५४:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology