Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आजको मौसमः मुलुकभर वर्षाको सम्भावना

आजको मौसमः मुलुकभर वर्षाको सम्भावना

images

इच्छाकामना न्युज

१९, बैशाख २०८०
आजको मौसमः मुलुकभर वर्षाको सम्भावना
images

काठमाडौं। आज मंगलबार पनि मुलुकभर बदली रहनेछ । विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशहरूमा पनि आंशिकदेखि सामान्य बदली रहनेछ ।

त्यस्तै, मुलुकका सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको छ । उक्त स्थानमा क्षणिक वर्षाको हुने सम्भावना पनि रहेको छ ।

मंगलबार राती कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । मुलुकको बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र देशका बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको छ । उक्त क्षेत्रमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ ।

images
प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - ०८:२९:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology