Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

अझै तीन दिन देशभर झरी पर्ने सम्भावना

अझै तीन दिन देशभर झरी पर्ने सम्भावना

images

इच्छाकामना न्युज

१७, बैशाख २०८०
अझै तीन दिन देशभर झरी पर्ने सम्भावना
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन मुलुकभर वर्षा हुने सम्भावना रहेको बताएको छ। पश्चिमी वायु सक्रिय रहेकाले अझै तीन दिन सबै प्रदेशमा वर्षा जारी रहने सम्भावना देखिएको हो।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार यतिबेला गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ।

काठमाडौं उपत्यकामा आज पनि वर्षाको सम्भावना देखिएको मौसमविद् नगरकोटीको भनाइ छ। ‘विगत २० घन्टामा काठमाडौं उपत्यकामा ४३ मिलिमिटर वर्षा भएको छ। काठमाडौंमा हिजो मध्यम खाले वर्षा भएको छ’, उनले भनिन्।

मौसम महाशाखाले आज बिहान ६ बजे आगामी २४ घन्टाका लागि चेतावनी जारी गरेको छ। ‘देशभर जुनसुकै ठाउँ) मा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन/चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ’, महाशाखाले सचेत गराएको छ।

images
प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - ०८:४७:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology