Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

निरु पाण्डे हत्या प्रकरणको आरोपमा एक जना बाउन्सर पक्राउ

निरु पाण्डे हत्या प्रकरणको आरोपमा एक जना बाउन्सर पक्राउ

images

इच्छाकामना न्युज

१७, बैशाख २०८०
निरु पाण्डे हत्या प्रकरणको आरोपमा एक जना बाउन्सर पक्राउ
images

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा नीरा पाण्डे(निरु) को हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना बाउन्सरलाई पक्राउ गरेको छ।

पाण्डेको हत्यामा संलग्न रहेको आशंकामा झपाबाट गएराती विनोद विक नाम गरेका बाउन्सरलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको हत्या अनुसन्धानका लागि गठित छानबिन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी किरण बज्रचार्यले जानकारी दिइन्।

अभियुक्त विक काठमाडौंमा बाउन्सरको काम गर्थे। नीराको हत्यापछि उनी भागेर झापा पुगेको प्रहरीले जनाएको छ ।

कपनस्थित सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्ने निरुको वैशाख ७ गते दिनदाहाडै पसलमै हत्या भएको थियो। उनको शरीरका झन्डै २० ठाउँमा चक्कु रोपिएको थियो।

घटनामा संलग्न पहिचान हुन नसक्दा यसबीच प्रहरीले ५/७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो। अभियुक्तका विषयमा प्रहरीले विस्तृत विवरण खुलाइसकेको छैन।

images
प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - ०८:३२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology