Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दमौलीमा आयोजित दन्त्य शिविरबाट ७० जना लाभान्वित

दमौलीमा आयोजित दन्त्य शिविरबाट ७० जना लाभान्वित

images

इच्छाकामना न्युज

१६, बैशाख २०८०
दमौलीमा आयोजित दन्त्य शिविरबाट ७० जना लाभान्वित
images

दमौली । व्यास नगरपालिका वडा नम्बर १० अँधेरीभञ्ज्याङ्ग स्थित जनता आधारभूत विद्यालयमा आज गरिएको निशुल्क दन्त शिविरमा ७० जना लाभान्वित भएका छन् । ढोरबाराही डेन्टल केयर सेन्टरको प्राविधिक सहयोग गरिएको शिविरबाट सो संख्यामा लाभान्वित भएको विद्यालयका प्रधानाध्यक बुद्धिबहादुर बरालीले जानकारी दिनुभयो । सो विद्यालयको छात्रछात्राको ढोरवाराही डेन्टल केयर सेन्टरका सञ्चालक दन्त स्वास्थ्यकर्मी भरत पोख्रेलको नेतृत्वमा दाँतको उपचार गरिएको थियो । विद्यालयमै उपचार पाउँदा विद्यार्थी तथा अभिभावकमा खुसी छाएको प्रधानाध्यापक बारालीले बताउनुभयो । 

शिविरको वडाध्यक्ष खेमराज पोख्रेलले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा पोख्रेलले बेलैमा  उपचार गर्दा बालिकाको दाँत बलियो बनाउन मद्धत पुग्ने बताउनुभयो । सो अवसरमा वडा सदस्यहरु इश्वर पौडेल, यज्ञ शर्मा, खिरमाया विक, वासना कुँवर लगायतले यस्तो कार्यक्रमलाई अन्य विद्यालयमा सञ्चालन गरी व्यापकता दिनु उपयुक्त हुने कुरामा जोड दिनु भएको थियो ।

सो अवसर जनता आधारभूत विद्यालय शैक्षिक तथा भौतिक सुधारको निम्ति पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको थियो । समता विद्यालयले आफ्नो क्षेत्रधिकार भन्दा बाहिर विद्यार्थी भर्ना गर्दा जनता आधारभूत विद्यालयको पठन पाठन प्रभावित भएकोले त्यसको समाधानको लागि नगर प्रमुख वैकुष्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरैलाई भेट गर्ने निर्णय भएको प्रधानाध्यापक बरालीले बताउनुभयो ।

images
प्रकाशित मिति :बैशाख १६, २०८० शनिवार - २०:३०:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology