Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘द पोयट आइडल’ पहिलो विजेता कवि निलम गुरुङलाई गुरुङ समुदायको सम्मान 

‘द पोयट आइडल’ पहिलो विजेता कवि निलम गुरुङलाई गुरुङ समुदायको सम्मान 

इच्छाकामना न्युज

१०, बैशाख २०८०
‘द पोयट आइडल’ पहिलो विजेता कवि निलम गुरुङलाई गुरुङ समुदायको सम्मान 
images

काठमाण्डौ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको आयोजनामा ‘द पोयट आइडल’ प्रथम संस्करणका विजेता कवि निलम गुरुङलाई गुरुङ समुदायको तर्फबाट बधाई तथा सम्मान गरिएको छ । आईतबार काठमाण्डौमा रहेको परिषद्को केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरि विजेता कवि गुरुङलाई बधाई तथा सम्मान गरेको हो।

images
images

संस्थाका संरक्षक परिषदका अध्यक्ष  रेशम गुरुङको प्रमुख आतिथ्यमा र केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष आर. बि. गुरुङको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रममा विजेता कवि निलम गुरुङका पिता दिलिप गुरुङ र आमा  बसुन्धरा गुरुङका साथै सिक्किम सरकारका प्रतिनिधि गोपाल शिवाकोटीलाई फेटा र क्रमुले सम्मान गरिएको थियो भने विजेता कवि निलम गुरुङलाई सम्मान–पत्र प्रदान गरिएको थियो । 

340290193_996021944897390_955592338773399023_n.jpg

उक्त सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा अतिथिहरु संरक्षक परिषद सदस्य डेलमान गुरुङ, केन्द्रिय सल्लाहकार डा. टेक बहादुर गुरुङ, रामकाजी कोने,  लिलबहादुर गुरुङ,  लालकाजी गुरुङ, सिक्किम सरकारका प्रतिनिधि गोपाल शिवाकोटी, तमू बौध्द सेवा समितिका अध्यक्ष क्या.  नारायण गुरुङ, महासचिव  पुष्प बहादुर गुरुङ, नेपाल तमू विधार्थी छोंज धींका अध्यक्ष विश्वराज गुरुङ, तमुस्यो ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका उपाध्यक्ष  सिता गुरुङ, तमू युवा ह्युल छोंज धींका उपमहासचिव  राकेश गुरुङ, निर्देशन तथा अनुगमन सदस्य अनिता गुरुङ,  तमु (गुरुङ) सन्चारकर्मी संघका अध्यक्ष  लाला गुरुङ, तमू (गुरुङ) पर्यटन व्यवसायी संघका पुर्व अध्यक्ष कमला गुरुङ,  बरिष्ठ उपाध्यक्ष बाबुराम गुरुङ, तमू (गुरुङ) कलाकार संघका पुर्व अध्यक्ष  धर्मराज (राजु) गुरुङ,  कोषाध्यक्ष बलबहादुर गुरुङले बधाई तथा सम्मान गरेका थिए ।

339679812_258578493272686_2978962646975637883_n.jpg

कार्यक्रममा डेलमान गुरुङ, रामकाजी कोने, गोपाल शिवाकोटी, सम्मानित कवि निलम गुरुङ र प्रमुख अतिथि  रेशम गुरुङले मन्तव्य राख्नु भएको  थियो भने  स्वागत मन्तव्य संस्थाका सचिव देवकुमारी गुरुङले राख्नु भएको थियो । साथै धन्यबाद ज्ञापन संस्थाका कोषाध्यक्ष श्रीप्रसाद गुरुङले राख्नु भएको थियो। 

कार्यक्रम संस्थाका महासचिव  डम्बर बहादुर गुरुङले संचालन गर्नुभएको थियो भने कार्यक्रम समापन कार्यक्रमका अध्यक्ष संस्थाका वरिष्ठ उपाध्यक्ष आर बि गुरुङले गर्नु भएको थियो । 

340260089_192209376990284_3881101899904214055_n.jpg

images
प्रकाशित मिति :बैशाख १०, २०८० आइतवार - २३:०७:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology