गोरखा । गोरखाको शहिदलखन गाउँपालिका वडा नं ७ रातमाटेमा हावाहुरीबाट रुख ढल्दा एक जनाको घर र गोठमा क्षति पुगेको छ । शनिबार साँझ आएको हावाहुरीका कारण घर नजिकै रहेको समीको रुख ढल्दा नन्द लाल श्रेष्ठको घरगोठ र पशुचौपायामा समेत क्षति पुगेको हो ।
ठूलो हावाहुरीले रुख ढल्दा गोठमा रहेको ६ वटा बाख्रा मध्ये ४ वटा बोका मरेको छ भने दुई वटा पाठीको उद्धार गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए । साथै श्रेष्ठको घरको आधा भाग र गोठको पुरै भागमा क्षति पुगेको उनले बताए ।
आइतबार विहानै देखि स्थानीयबासी, स्थानीय वन उपभोक्ता समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि लगायतको टिमले रुख पन्छाउने काम गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।







