कुरिनटार । लोक तथा दोहोरी गायक सुमधुर आवाजका धनि शितल गुरुङको स्वरमा रहेको ‘युके लण्डनको...’ बोलको गीत केहि दिन अघि युट्युबमा सार्वजनिक भएको थियो । शितल गुरुङको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतले अहिले टिकटक र युट्युबमा धुम मच्चाएको छ ।
सार्वजनिक भएको पाँच दिनमा ५ लाख भन्दा बढिले युटयुबमा हेरिसकेको उक्त गीतको टिकटकमा लाखौले भिडियो बनाएका छन् । गीतमा गायक शित्तल गुरुङलाई स्वरमा निसा गुरुङले साथ दिएकी छिन् ।
उक्त गीतमा मौसम गुरुङ, प्रेमा राना, रुवी सिजाली मगरको कोरस आवाज रहेका छन् । सिताराम परियारको शब्द तथा स्वयंम सितल गुरुङको संगित रहेको गीतको म्यूजिक भिडियोमा चर्चित मोडल विजय पुन, लक्ष्मी गुरुङ, अन्जु गुरुङ, बबिन सिङ गुरुङ लगायतको अभिनय रहेको छ ।
भिडियो कोरियो ग्राफी तथा निर्देशन दीप गुरुङ गुरुङले गरेका हुन् भने गीतको एरेञ्जर विनोद बाजुराली हुन् ।
सय भन्दा बढी लोक गीतमा आवाज दिइसकेका सितलको म त तिम्रै मायामा हराउँदै गए..., ढाट्यो जिन्दगीले..., मेरो माया कहाँ छ..., काठैको ढोका... माया रिमै... लगायतका गीतहरु लोकप्रिय छन् ।