Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एलन मस्कको स्टारशिप रकेट परीक्षणको क्रममा विष्फोट

एलन मस्कको स्टारशिप रकेट परीक्षणको क्रममा विष्फोट

images

एजेन्सी

८, बैशाख २०८०
एलन मस्कको स्टारशिप रकेट परीक्षणको क्रममा विष्फोट
images

 अमेरिकी डलर अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षण उडानको क्रममा विष्फोट भएको छ ।

हालसम्मको सबैभन्दा शक्तिशाली भनिएको स्टारशिप रकेट टेक्ससको परीक्षण केन्द्रबाट उडेको केही मिनेटमै आकाशमै विष्फोट भएको हो ।

यो यान अन्तरीक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरीक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो । एलन मस्कको यो महात्वाकांक्षी परियोजना थियो ।

उडेको तीन मिनेटपछि नै स्टारशिप रकेटको क्याप्सुलको फस्ट स्टेज रकेट बुस्टरबाट अलग हुनुपर्नेमा भएको थिएन । त्यसपछि रकेट बिस्फोट भएर परीक्षण उडान असफल भयो ।

यसअघि गत सोमबार यही यान परीक्षण गर्ने भनिएकोमा अन्तिम समयमा स्थगित गरिएको थियो ।

images
प्रकाशित मिति :बैशाख ८, २०८० शुक्रवार - ०८:३२:०७ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology