Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

कम्पनी रजिष्ट्रारको कार्यालय घुस लेनदेनको थलो, एक फाइलको एक हजार ‘घुस’

कम्पनी रजिष्ट्रारको कार्यालय घुस लेनदेनको थलो, एक फाइलको एक हजार ‘घुस’

images

इच्छाकामना न्युज

६, बैशाख २०८०
कम्पनी रजिष्ट्रारको कार्यालय घुस लेनदेनको थलो, एक फाइलको एक हजार ‘घुस’
images

काठमाडौं । करिब ३ लाखबढी कम्पनीहरूको नियमन, अद्यावधिकदेखि नयाँ कम्पनी दर्तासम्मको काम हुने कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर घुस लिने दिने थलो बन्न पुगेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कुनै पनि सामान्य काम सम्पन्न गर्न पनि कर्मचारीलाई कमिसन बुझाउनुपर्ने बाध्यता रहेको छ । कर्मचारीलाई अतिरिक्त शुल्क ‘घुस’ बुझाउने बिचौलियाको क्षणभरमा नै काम हुने गरेको छ भने अतिरिक्त शुल्क नबुझाउनेले एक सातापछि मात्रै पालो पाउने गरेका छन् ।

एक सातापछि पालो पाए पनि एक ठाउँबाट अर्को ठाउँमा फाइल अघि बढाउन दिन बिराएर मात्रै काम गर्ने गरेका समेत पाइएको छ । तर, बिचौलियाको भने एकै दिनमा काम हुने गरेको छ ।

अंग्रेजी अक्षर ‘एच’बाट आउने एउटा कम्पनीको एक वर्षको अद्यावधिकका लागि २४ चैत २०७९ मै टिप्पणी उठेकामा ५ वैशाखमा मात्रै पत्र बनेको छ । सोही फाँटमा बिचौलियामार्फत गएको अर्को फाइलको भने दुई दिनमै काम सम्पन्न भएको पाइएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

images
प्रकाशित मिति :बैशाख ६, २०८० बुधवार - ०८:१५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology