Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

यस्ता छन् तुलसीको पात खानुको फाइदा

यस्ता छन् तुलसीको पात खानुको फाइदा

इच्छाकामना न्युज

५, बैशाख २०८०
यस्ता छन् तुलसीको पात खानुको फाइदा
images

काठमाडौं । तुलसी संसारको जुनसुकै भूभागमा पनि पाईने हिन्दूहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो ।

images
images

तुलसी विश्वको धेरै भागमा नियमित सेवन गरिन्छ्र । भारतिय उपमहाद्दिपमा यसको बहु उपयोग गरिन्छ भने पूर्वी एसिया का पकवानको लागि तुलसी अभिन्न मसला हो । पश्चिम गोलार्दमा पनि तुलसीलाई औषधीको रूपमा प्रयोग गरिन्छ ।

तुलसीलाई हिन्दहरुले धार्मीक रुपमा पुजा गर्ने र औषधीको रुपमा विभिन्न रोगको उपचारमा प्रयोग गर्दै आएरहेको छ । पछिल्लो समय प्रायजसोमा देखीने उच्च रक्तचाप र न्युन रक्तचापको सन्तुलनका लागि पनि तुलसी उपयोगी मानिन्छ ।

कम रक्तचापको सामान्य लक्षणहरूमा चक्कर लाग्नु, शरिर कमजोरी हुनु आदी हुन् । कम रक्तचापले समयमै उपचार नपाएमा हृदयघात, स्ट्रोक र मृगौला सबन्धी रोगको सामना गर्नुपर्ने हुनसक्छ । तर, ब्लड प्रेसर लोको समस्या भने घरमै पनि सामान्य तरिकाले समाधान गर्न सकिन्छ, त्यो पनि केही घरेलु उपायको मद्दतले ।

तुलसीको पात खानुको फाइदा :-
– वायुमण्डलमा बहने दूषित हावालाई तुलसीले शुद्धीकरण गर्छ ।
– जाडोयाममा तुलसीको पात नियमित सेवन गर्ने हो भने विभिन्न रोगबाट बच्न सकिन्छ ।
– अक्सर जाडोमा हुने रुघाखोकी, निमोनिया, ब्रोंक्राइटिस, घाँटीको समस्या र श्वास–प्रश्वासमा हुने समस्या आदिका लागि तुलसीको पात लाभदायी हुन्छ ।
– यसले चिसोका कारण हुने कफ र छातीदुखाइ कम गर्छ । नियमित तुलसी सेवन गर्ने हो भने चिसो लाग्नबाट स्वतः बचिन्छ ।
– तुलसीको पातको चूर्ण बनाई अदुवा, मरिच आदिको सम्मिश्रणबाट चिया बनाएर पिउन सकिन्छ । उक्त चिया स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ ।
– तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, चिसोको कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको आदि समस्याबाट राहत मिल्छ ।
– नियमित खाली पेटमा दूधमा तुलसी मिसाएर खाँदा दम र श्वास–प्रश्वाससम्बन्धी रोगबाट छुटकारा पाउन सकिन्छ । त्यसैगरी, मुटुसम्बन्धी रोग, माइग्रेन, डिप्रेसन, स्नायु प्रणालीसम्बन्धी समस्याबाट बच्न सकिन्छ ।
– पेटको समस्या, श्वास गन्हाउने, यौनजन्य रोग, घाउ–खटिरा, बान्ता हुने, उच्च रक्तचापजस्ता रोगका लागि तुलसी एक अचुक औषधि हो ।
– तुलसी सेवन बच्चाका लागिसमेत उपयोगी हुन्छ ।

images
प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार - ०९:४५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology