Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तनहुँ, क्षेत्र नं १ लाई उत्कृष्ट बनाउँछु : एमाले उम्मेद्वार सर्बेन्द्र खनाल 

तनहुँ, क्षेत्र नं १ लाई उत्कृष्ट बनाउँछु : एमाले उम्मेद्वार सर्बेन्द्र खनाल 

images

इच्छाकामना न्युज

३, बैशाख २०८०
तनहुँ, क्षेत्र नं १ लाई उत्कृष्ट बनाउँछु : एमाले उम्मेद्वार सर्बेन्द्र खनाल 
images

तनहुँ । तनहुँ क्षेत्र नं १ मा नेकपा एमालेको तर्फवाट प्रतिनिधीसभा उपनिर्वाचनका उम्मेदवार सर्वेन्द्र खनालले तनहुँको क्षेत्र नं १ लाई उत्कृष्ठ वनाउने वताएका छन् ।  चुनावी अभियानका क्रममा भानुमा कार्यकर्ता भेटघाट तथा सभालाई सम्वोधन गर्दे खनालले सो कुरा वताउनुभएको हो । 

देशमा प्रचुर सम्भावना भएको तर जिम्मेवार पदमा रहेर पनि पदिय भुमिका ननिभाउँदा विकास निर्माणमा पछि परेको छ । जिल्लामा राष्ट्रिय राजनितीमा पकड राख्ने नेताहरु भएता पनि काम नगर्दा जनतामा नैराश्यता छाएको छ । म आफुलाई काम गर्न सक्ने आत्माविश्वास रहेको हुदाँ जनताको आवश्यकतालाई ध्यान दिएर काम गर्ने खनालले वताए । 

देशको कानुन विश्वमा नै उत्कृष्ठ भएता पनि कार्यन्वयनको पाटो फितलो हुदाँ जनताले दुःख पाएको छ । संसद, मन्त्री हुने तर लाचारी प्रकट गर्ने नै नेपालको दुर्भाग्य हो । नेतृत्वमा रहने तर यस्तै छ भन्ने प्रवृत्तिले जनताको आवश्यकता पुरा नहुने हुदाँ व्यवहारिक कार्यन्वयनका लागी आफनो उम्मेदवारी दिएको वताए । 

देशमा भष्ट्राचार, अनियमितता र ढिलासुस्ती छ । विगतमा मेरो नेतृत्वमा ठुलो ठुलो योजनाले मुर्त रुप लिएको हुदाँ आत्माविश्वास का साथ काम गर्ने पनि खनालले वताए । क्षेत्र नं १ त विकास निर्माण मा उत्कृष्ठ वन्छ नै, जिल्ला हुदै देशमा नै तनहुँको प्रभाव रहने गरि काम गर्ने पनि उम्मेदवार खनालले वताए । सम्वन्धित जिम्मेवार निकायलाई नियमन गर्न सकिने हुदाँ काम गर्ने ईच्छाशक्ति र खुवी आफुमा भएको समेत उनले वताए । 

तनहुँको क्षेत्र नं १ विकास निर्माणमा पछाडी परेको हुदाँ आफनो जित पछि विकास निर्माणमा फड्को मार्ने पनि खनालले वताए । जनताको आर्थिक अवस्था पछाडी पर्नुमा अहिलेको नेतृत्वको कमजोरी रहेको हुदाँ सिमित व्यक्तिको हातमा देशको अर्थतन्त्र रहेको हुदाँ त्यसलाई चिर्न सक्ने ल्याकत आफुमा रहेको उनले वताए । 

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - ०९:१३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology