Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गोरखाको शहिद लखन बेरुजु सबैभन्दा कम हुने पालिकामा जिल्लाकै प्रथम र प्रदेशमा तेस्रो बन्यो

गोरखाको शहिद लखन बेरुजु सबैभन्दा कम हुने पालिकामा जिल्लाकै प्रथम र प्रदेशमा तेस्रो बन्यो

images

इच्छाकामना न्युज

१, बैशाख २०८०
गोरखाको शहिद लखन बेरुजु सबैभन्दा कम हुने पालिकामा जिल्लाकै प्रथम र प्रदेशमा तेस्रो बन्यो
images

गोरखा । बेरुजु शुन्य अभियानमा लागिरहेको गोरखाको शहिद लखन गाउँपालिका यसपटक पनि सबैभन्दा कम बेरुजु हुने पालिकामा परेको छ । जिल्लाको ११ वटा स्थानीय तह मध्य सबैभन्दा कम बेरुजु शहिद लखनमा देखिएको हो । 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदनमा शहिद लखन गाउँपालिकाको बेरुजु ०.५ प्रतिशत छ । महालेखाले गाउँपालिकाको १ अर्ब ४६ करोड ७९ लाख ४१ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.५ प्रतिशत अर्थात ७३ लाख ८६ हजार रुपैयाँ बेरुजु देखाएको छ । महालेखाको प्रतिवेदन अनुसार सबैभन्दा कम बेरुजु हुने जिल्लाको पालिकाहरु मध्य प्रथम स्थानमा रहेकोमा गण्डकी प्रदेश भरको पालिका मध्यमा भने तेस्रो स्थानमा शहिद लखन रहेको पाईएको छ । 

अघिल्ला वर्षहरुमा समेत शहिद लखन सबैभन्दा कम बेरुजु हुने स्थानीय तह मध्य देशभरकै चौथो र जिल्ला तथा प्रदेशमै पहिलो पालिका बनेको थियो । यद्यपी आफुहरु निरन्तर बेरुजु शुन्य गर्ने अभियानमा लागिरहेको गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरले बताए । 

images
प्रकाशित मिति :बैशाख १, २०८० शुक्रवार - २१:४९:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology