Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गण्डकी गाउँपालिकाको माझीटारमा अन्डर–१५ फुटबल प्रतियोगिता सुरु

गण्डकी गाउँपालिकाको माझीटारमा अन्डर–१५ फुटबल प्रतियोगिता सुरु

images

इच्छाकामना न्युज

२९, चैत्र २०७९
गण्डकी गाउँपालिकाको माझीटारमा अन्डर–१५ फुटबल प्रतियोगिता सुरु
images

माझीटार । गोरखाको गण्डकी गाउँपालिका वडा नं ८ माझीटारमा माझीटार अन्डर–१५ गोल्ड कप प्रतियोगिता सुरु भएको छ ।

गण्डकी युवा क्लवको आयोजनामा सोमबारबाट १५ वर्ष मुनिका उमेर समुहको फुटबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा गोरखा र धादिङका गरी कुल ११ टिम रहेको छ । चैत्र २७ गतेबाट सुरु भएको प्रतियोगिता वैशाख १ गते सम्म चल्नेछ । सो प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले नगद रु १५, १० र ५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ ।

साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको क्लवले जनाएको छ ।

नयाँ खेलाडी उत्पादन गर्ने र क्लवलाई चिनाउने उद्देश्यका साथ फुटबल प्रतियोगिता आयोजना गरिएको गण्डकी युवा क्लव बि टिमका प्रशिक्षक सन्जय माझीले बताए ।

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - २२:११:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology