चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय उपाध्यक्ष बिक्रम पाण्डेले राप्रापालाई ५ वर्ष सरकार चलाउन दिए देश परिवर्तन गरेर देखाउने बताउनु भएको छ । बुधवार राप्रपा चितवनले आयोजना गरेको बृहत कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले बिकास निर्माण लगाएतमा फड्को मार्ने बताउनु भएको हो ।
पुर्वमन्त्रि समेत रहनु भएका पाण्डेले राप्रापालाई देश चलाउन दिए बिभिन्न राजमार्ग, युवा रोजगार लगाएत कलकारखाना क्षेत्रको बिकास गरिने बताउनु भयो । उहाँले आउदै गरेको चितवन क्षेत्र नम्बर २ को उपचुनावमा पार्टीका उमेद्धवार राष्ट्रवादी नेतालाई जिताउने गरि लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । पुर्व मन्त्री पाण्डेले २ नम्बर क्षेत्रको मात्र नभई तीनै क्षेत्रका नेता कार्यकर्तालाई एक जुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।