Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बागमती सफा पार्न पहिले मन सफा हुनुपर्छ : सहरी विकासमन्त्री सीता गुरुङ

बागमती सफा पार्न पहिले मन सफा हुनुपर्छ : सहरी विकासमन्त्री सीता गुरुङ

images

इच्छाकामना न्युज

२९, चैत्र २०७९
बागमती सफा पार्न पहिले मन सफा हुनुपर्छ : सहरी विकासमन्त्री सीता गुरुङ
images

काठमाडौं । सहरी विकासमन्त्री सीता गुरुङले बागमती नदीलाई स्वच्छ, सफा र हराभरा बनाउन सफाई र सौन्दर्यकरण अभियान चलाएर मात्रै पर्याप्त नहुने बताएका छन् ।

उनले बागमती सफा पार्न आसपासमा बस्ने नागरिकले मन पनि सफा राख्नुपर्ने बताए। अधिकार सम्पन्न बागमतीसभ्यता एकीकृत विकास समितिको २९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले वाग्मतीमा जथाभावी फोहोर बिसर्जन गर्ने अभ्यासलाई रोक्नुपर्ने बताए ।

‘हामीले बागमतीसफाई गर्न, स्वच्छ पार्न अभियान थालेको २८ वर्ष बितिसक्यो, वर्षौंदेखि हामी हरेक साता वाग्मतीबाट फोहोरको डंगुर झिकेर फ्याँकिरहेका छौं, तर अझै सफा भइरहेको छैन,’ मन्त्री गुरुङले भने, ‘हामीले सधैं काम गर्ने, सरकारले लगानी गर्ने, तर परिणाम नआउने हुनुहुँदैन । वाग्मतीमा हामीले सफाई अभियान चलायौं, तर फोहोर फ्याँक्ने चलनलाई रोकेनौं । त्यसैले सबैभन्दा पहिले हामीले मन र मस्तिष्कबाट सफाई गर्नुपर्ने हुन्छ । जथाभावी फोहोर गर्न, फ्याल्न डराउनुपर्छ ।’

मन्त्री गुरुङले बागमतीसभ्यता विकास थालनीको २९ औँ वर्ष लागेको भन्दै अबको वर्षलाई परिणाम देखाउने वर्ष बनाउन आग्रह गरे । उनले बागमतीनदी आसपासमा बसोबासका सन्दर्भमा देखिएको समस्याका विषयमा सरकार गम्भीर रहेको बताए । ‘हरेक नागरिकको व्यवस्थित बसोबास हामीले संविधानमा ग्यारेन्टी गरेका छौं । आवासविहीनलाई आवासको सुविधा दिनु सरकारको दायित्व हो,’ उनले भने, ‘हामीले यो कुरालाई पनि भुल्न हुँदैन ।’

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - ०९:१६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology