Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दलाई लामाले बालकलाई जिब्रोमा चुम्बन गराएका हुन् ?

दलाई लामाले बालकलाई जिब्रोमा चुम्बन गराएका हुन् ?

images

इच्छाकामना न्युज

२८, चैत्र २०७९
दलाई लामाले बालकलाई जिब्रोमा चुम्बन गराएका हुन् ?
images

काठमाडौं । यतिबेला विश्वभर सामाजिक सञ्जालमा दलाई लामाले एक बालकलाई जिब्रोमा चुम्बन गर्न लगाएको भिडियो ‘भाइरल’ भइरहेको छ । ‘दलाई लामा’ तिब्बती जनताले आफ्नो सबैभन्दा महान आध्यात्मिक लिडरलाई दिएको उपाधि हो ।

यो भिडियो गत फेब्रुअरीको अन्त्यतिर भारतको हिमाचल प्रदेशको हिउँदे सदरमुकाम मानिने धर्मशाला सहरमा रहेको दलाई लामाको मन्दिरमा भएको एक अन्तरक्रिया कार्यक्रमको भएको बताइएको छ । त्यहाँ भारतको एम३एम फाउन्डेसनबाट पास भएका करिब १०० बालबालिका उपस्थित थिए ।

तिब्बती जनताले १४औं दलाई लामाको उपाधि दिएका यिनै तेन्जिन ग्यात्सो सन् १९५९ देखि भारतको यही सहर धर्मशालामा निर्वासनमा रहँदै आएका समाचारमा जनाइएको छ । 

भाइरल भएको भिडियोमा एक बालक विद्यार्थी कार्यक्रममा माइक्रोफोन भएको ठाउँमा पुगेका छन् र दलाई लामालाई “के म तपाईंलाई अँगालो हाल्न सक्छु ?” भनेर सोधेका छन् ।

८७ वर्षीय दलाई लामाले ती बालकलाई आफू बसेको मञ्चमा आउन भन्छन् । त्यसपछि उनले बालकको गालामा हात राखेर ‘पहिले यहाँ’ भनेको सुनिन्छ, त्यसपछि बच्चाले उनलाई चुम्बन गर्छन् र अँगालो हाल्छन् ।

images
प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - १०:०२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology